काठमाडौँ । अविरल वर्षासँगै बाढीले काठमाडौैँमा ग्यास बुलेट बगाएको छ ।
शनिबार बिहान उक्त्त ग्यास बुलेट चुहिँदै गरेको अवस्थामा हनुमन्ते नदीमा बग्दै गरेको देखिएपछि प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेका थिए ।
सार्वजनिक भिडियोमा भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ ।
प्रत्यक्षदर्शीका अनुसार अहिले बुलेट च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ ।
ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।