logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • काठमाडौंका बस्ती र सडकमा बाढी : सवारी आवागमन प्रभावित

    काठमाडौंका बस्ती र सडकमा बाढी : सवारी आवागमन प्रभावित

    210
    Shares
    काठमाडौंका बस्ती र सडकमा बाढी : सवारी आवागमन प्रभावित

    काठमाडौं । बिहीबार बेलुकीदेखिको लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका बस्ती र सडकमा बाढी पसेको छ । अधिकांश स्थानका सडकमा बाढी पसेका कारण सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

    काठमाडौं उपत्यकाको सानेपास्थित बागमती नदीमाथिको कालोपुल, इच्छुमती (टुकुचा), लैनचौर, सङ्कटा पुल, टङ्केश्वर, परोपकार, नख्खुखोला पुल, कलङ्कीको ट्राफिक प्रहरी प्रभागलगायत सथनमा पानी जमेर समस्या भएको महाशाखाका जनाएको छ ।
    यसैगरी दरबारमार्गस्थित होटल याक एण्ड यति अघि रुख पल्टिएर आधा घण्टा सडक जाम भएको छ ।

    दक्षिणकालीबाट फाखेल हुँदै हेटौँडा जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको छ । नागढुङ्गाबाट सिस्नेखोला निस्कने सुरुङमार्ग नजिकै पहिरो गएर पनि सडक अवरुद्ध भएको छ ।

    यसैगरी स्वयम्भूमा गुडिरहेको मोटरसाइकलसहित चालकलाई अविरल वर्षाका कारण आएको बाढीले वेपत्ता बनाएको छ । मोटरसाइकल भेटिए पनि मानिस अझै बेपत्ता छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend