logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • समयमै उद्धार नहुँदा हेर्दाहेर्दै नख्खु खोलाले बगायो चार जना

    समयमै उद्धार नहुँदा हेर्दाहेर्दै नख्खु खोलाले बगायो चार जना

    3.6K
    Shares
    समयमै उद्धार नहुँदा हेर्दाहेर्दै नख्खु खोलाले बगायो चार जना

    काठमाडौैँ । नख्खु खेलाले चार जनालाई बगाएको छ । ललितपुर महानगरपालिका वडा नं १४ स्थित नखिपोटको नख्खु खोलाले चार जनालाई बगाएको हो ।

    जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको छ । उनीहरुले उद्धारका लागि अपिल गरिरहेका थिए । प्रहरीले उद्धारको लागि डोरी दिएर प्रयास गरेपनि उनीहरुको उद्धार हुन सकेन ।

    प्रहरीले डोरीमा क्यारेट पठाएर त्यसको माध्यमबाट उद्धार गर्न खोजेको थियो । त्यही क्रममा उक्त घर नै ढलेपछि उनीहरु खोलामा परेका छन् ।

    हेलिकप्टरले उद्धार गरिएको भए उनीहरुलाई सकुशल निकाल्न सकिने स्थानीयहरुको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend