logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

    पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

    294
    Shares
    पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

    गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डको गोरखा नगरपालिका–१२ स्थित सातकिलो ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक निरीक्षक बसन्त पौडेलले जानकारी दिए ।

    ‘‘पहिरोले सडक दुईतर्फी रुपमा नै अवरुद्ध भएको हो, उनले भने, ‘‘अवरुद्ध सडक खुलाउन सडक विभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छ्याउन सुरु गरिएको छ ।’’

    तत्कालका लागि दुई तर्फी नै सडक खुलाउन सक्ने अवस्था नरहेका पनि एकतर्फी खुलाउने प्रयास गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । पहिरोले सडक अवरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सबै सवारीसाधन बीचमै रोकिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend