काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा शुरु भएको छ । शनिबार गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।
मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा शतर्क रहन गृहमन्त्री लेखकले आग्रह गरे ।
बैठक केही समयअघि सिंहदरबारस्थित गृह मन्त्रालयमा शुरु भएको हो ।