logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छ : सभामुख घिमिरे

    राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छ : सभामुख घिमिरे

    707
    Shares
    राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छ : सभामुख घिमिरे

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई अघि बढाएर मात्रै विकास, निर्माणको कामलाई अघि बढाउने सकिने उल्लेख गरिएको स्मरण गराउँदै उनले सोही नीति अनुसार सरकारले अघि बढ्नुपर्ने पनि बताए ।

    ताप्लेजुङ सरोकार केन्दले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदले विकास निर्माणको कामलाई अघि बढाउने गरी कानून निर्माण गर्ने काममा ध्यान दिने दावी समेत गरे । उनले विकास, निर्माणको काममा अवरोध आउने खालका तर्कहरु नगर्न पनि सबै पक्षलाई सचेत गराए ।

    सभामुख घिमिरेले भने, म अहिले जुन जिम्मेवारीमा छु । नीति निर्माण गर्ने ठाउँको नेतृत्व गर्ने अथवा त्यसलाई सञ्चालन गर्ने सभामुखको हैसियतमा छु । हाम्रा नीतिहरु कसरी निर्माण भईरहेका छन, अथवा नीतिको अभावमा विकास निर्माणमा के असर परिरहेको छ ? यसको आधारमा हामीले संसदमा विधेयकहरु ल्याउने वा ल्याउन लगाउने र ल्याएका विधेयकहरुलाई छलफल गरेर ऐन बनाउने र ऐनलाई कानून बनाएर कार्यान्वयन गर्नका लागि सरकारलाई सहयोग गर्ने वा सरकारको कामको सर्वेक्षण गर्ने दायित्व नै संसदको हो ।

    प्राईभेट क्षेत्रलाई प्रोत्साहित गर्ने, प्रवद्र्धन गर्ने कामहरु गरेमात्रै राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने कुरा संसदमा भर्खरै पारित गरेको यही बजेट अधिवेशनको नीति तथा कार्यक्रमले ल्याएको छ । प्राइभेट सेक्टरका अप्ठयाराहरु के छन भन्ने बारेमा ध्यान दिन आवश्यक छ ।

    सभामुख घिमिरेले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने गरी कानून निर्माण र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकता पनि औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend