काठमाडौँ । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ ।
शुक्रबार बिहान छुटेको दरौँदी यातायात प्रालिको ना ४ ख२२७० नम्बरको बस सम्पर्कविहीन भएको हो ।
प्रालिले सम्पर्कविहीन भएको बसको खोजीकार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।
बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन । गोरखा प्रहरीले सूचना पाएसँगै खोजी कार्य भैरहेको बताएको छ ।
बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।