logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • एमाले केन्द्रीय कार्यालयले बोलायो आकस्मिक बैठक

    एमाले केन्द्रीय कार्यालयले बोलायो आकस्मिक बैठक

    1.4K
    Shares
    एमाले केन्द्रीय कार्यालयले बोलायो आकस्मिक बैठक

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ ।

    पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।

    बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी अधिकारीले दिए । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend