logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बीपी राजमार्गअन्तर्गतको कानढुंग्रीमा आज पनि करिब ५० मिटर सडक धसियो

    बीपी राजमार्गअन्तर्गतको कानढुंग्रीमा आज पनि करिब ५० मिटर सडक धसियो

    2.4K
    Shares
    बीपी राजमार्गअन्तर्गतको कानढुंग्रीमा आज पनि करिब ५० मिटर सडक धसियो

    काठमाडौँ । सुनकोशी गाउँपालिका–७ कानढुंग्रीनजिक सडक आइतबार बिहान धसिएको छ ।

    बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुंग्रीनजिक सडक सुनकोशी नदीले कटान गर्दै आएकाले करिब ५० मिटर सडक धसिएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार धसिएको सडक क्षेत्रबाट शनिबार साँझसम्म यातायात सञ्चालन हुनसक्ने अवस्था थियो ।

    कालोपत्रे सडकसमेत पूरै धसिएर सवारी साधन वारपार हुनसक्ने अवस्था नरहेको बताइएको छ । सुनकोशी–मरिण डाइभर्सनको सुरुङमार्गनजिकै सडक धसिएको हो ।

    सुनकोशीको बहाव नघटेसम्म खुर्कोट–मूलकोट सडक पनि अवरुद्ध नै हुने बताइएको छ ।

    नेपालथोक–खुर्कोट खण्डको कमेरेफाँटमा खसेको लेदोसहितको पहिरो शनिबारदेखि नै मेसिन लगाएर हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    नेपालथोक जिक रोशी खोलाले करिब ६० मिटर सडक पूरै बगाएको क्षेत्रमा भने बाढी घटेपछि मात्र अस्थायी सडक निर्माण सुरु हुने प्रहरीले जनाएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend