logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बाढी पहिरोले देश रोएका बेला भौतिकमन्त्री दाहाल झापाको पार्टी कार्यक्रममा मस्त

    बाढी पहिरोले देश रोएका बेला भौतिकमन्त्री दाहाल झापाको पार्टी कार्यक्रममा मस्त

    5.3K
    Shares
    बाढी पहिरोले देश रोएका बेला भौतिकमन्त्री दाहाल झापाको पार्टी कार्यक्रममा मस्त

    आइतवार बिहान ९ बजे बिर्तामोडमा भएको कार्यक्रममा मन्त्री दाहाल

    काठमाडौं । अविरल वर्षाका कारण बाढी र पहिरो ठुलो जनधनको क्षति भएर मुख्य राजमार्गका सडक अवरुद्ध भएका बेला तालुक भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल झापाको पार्टी कार्यक्रममा मस्त छन् ।

    बिहीबारदेखि अविरल वर्षाले आएको बाढीका कारण मुलुकका प्रमुख राजमार्गहरुमा सवारीसाधन आगमन अहिले बन्द हुनुका साथै १ सय भन्दा बढीको मृत्यु र सयौं वेपत्ता भए पनि मन्त्री त्यसको कुनै प्रवाह नगरी आइतवार बिहान समेत पार्टीले आयोजना गरेको एक कार्यक्रममा ब्यस्त थिए।

    वर्षाले मुख्य राजमार्ग लगभग सबै सडक अवरुद्ध भएका छन्। सयौंले ज्यान गुमाएका छन्। हजारौं यात्रु अलपत्र परेका छन् । विपत्तीमा परेकाहरुको समयमा उद्धार हुन सकेको छैन् । राजधानीसँगको सडक सञ्जाल समेत तोडीएको बेला यसलाई खुलाउन सहजीकरण गर्नुका साटो मन्त्री दाहाल केही दिनदेखि गृह जिल्ला झापामा रमाइरहेका छन् ।

    उनीसँगै झापा गएका मन्त्रालयका सचिव केशवकुमार शर्मा फर्किदा पनि मन्त्री दाहाल पार्टी कार्यक्रम छ भनेर काठमाडौं फर्किएनन् । झापाबाट काठमाडौं फर्किन सडक सञ्जाल टुटे पनि शनिबार साँझपख र आइतबार बिहानैदेखी भद्रपुरमा नियमित उडान भैरहेको छ।

    शनिवार बिहान ९ बजे दमकमा भएको कार्यक्रममा मन्त्री दाहाल
    शनिवार बिहान ९ बजे दमकमा भएको कार्यक्रममा मन्त्री दाहाल

    यता प्रधानमन्त्री केपी शर्मा ओली पनि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएकाले उनी अमेरिकामै छन् । प्रधानमन्त्री मुलुक बाहिर भएका बेला भौतिक मन्त्री दाहाल पार्टीको कार्यक्रममा व्यस्त भएकाले मुलुकमा ठूलो संकट आउँदा पनि उनी गम्भीर नभएको प्रष्ट भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विभिन्न ८० राजमार्ग मध्ये २३ वटा राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको जनाएको छ । बाढीले सडक बगाउनु साथै पहिरोले सडक अवरुद्ध पारेको छ भने सुनकोसी नदीमा पुल बगेको अवस्था छ । पहिरोले सडमा बसलाई पुरेर कयौं हराएको अवस्था रहेको छ ।

    यसरी बाढीले सडकमा ठूला क्षति गरेर सडक अवरुद्ध भएका बेला सडक निर्माणको तालुक भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल भने झापामा आफ्ना परिवारसँग भेट र कार्यकर्तासँग मस्त रहेका छन् ।

    मन्त्री भन्छन : झापामा बसेर अवलोकन गरिरहेको छु

    यता मन्त्री दाहालले झापामा बसेर बाढीको अपडेट लिइरहेको बताए । देश रोएको बेला तपाई त पार्टी कार्यक्रममा मस्त हुनु हुँदो रहेछ नि मन्त्री ज्यू,भन्ने सुनौलो नेपालको प्रश्नमा उनले भने आफुले झापामा बसेर पनि अवलोकन गरेको बताए। जिल्लामा भए पनि घटना रिपोटिङ लिने र अवरुद्ध बाटो खुलाउने काम गरेको बताए । उनले भने जहाँ बसे पनि काम भइरहेको छ । म आज साढे २ बजे काठमाडौं आउँदै छ ।

    सँगै गएका मन्त्रालयका सचिव शनिबार नै काठमाडौं फर्किनु भए छ तपाईं किन फर्किन भएन भन्ने सुनौलो नेपालको प्रश्नमा मन्त्री दाहालले आफू जहाँ बसे पनि काम भइरहेको बताए । म आज साढे २ बजे काठमाडौं आउँदै छ अरु धेरै कुरा किन गर्नुपर्यो उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend