logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • साना तथा मझौला व्यवसायी महासंघको नेतृत्वमा पहिलो पटक महिला

    साना तथा मझौला व्यवसायी महासंघको नेतृत्वमा पहिलो पटक महिला

    217
    Shares
    साना तथा मझौला व्यवसायी महासंघको नेतृत्वमा पहिलो पटक महिला

    काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा इनु पौडेल निर्वाचित भएकी छन् । भक्तपुरमा आयोजित महासंघको विशेष साधारण सभाले पौडेललाई निर्विरोध निर्वाचित गरेको हो ।

    अध्यक्षमा पौडेल निर्वाचित भएसँगै १९ बर्षको इतिहास बोकेको महांसंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । निर्वाचित भएपछि अध्यक्ष पौडेलले साना तथा मझौला व्यवसायीका समस्या सम्बोधन गर्दै सहज औद्योगिक वातावरण निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाइन् । उनले कोभिडपछि विश्वभर देखापरेको आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु पनि परेको तथा कच्चा पदार्थको सहज आपूर्तिमा समस्याको साथै उत्पादित सामाग्रीको बजारीकरणमा पनि समस्या देखिएकाले यसतर्फ आफू सचेत अनि गम्भीर रहेको बताइन् । महासंघको महासचिवमा कुमार भुजेल, सचिवमा सुलोचना राजभण्डारी र कोषाध्यक्षमा रविन्द्र थापा (रविन) निर्वाचित भएका छन् ।

    त्यसैगरी सहअध्यक्षमा रामकेशर बिष्ट, वरिष्ठ उपाध्यक्षमा गणेश सिंह विष्ट, प्रथम उपाध्यक्षमा परमेश्वरी विष्ट, द्वितीय उपाध्यक्षमा शान्तकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा कुलबहादुर काफ्ले, चतुर्थ उपाध्यक्षमा अमूलमान श्रेष्ठ तथा वस्तुगत, एशोसिएट र प्रदेश समेत गरी २७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

    विशेष अधिवेशनमा निःवर्तमान अध्यक्ष हरि पराजुलीमाथि परेको आविश्वासको प्रस्ताव बहुमतले परित भएको थियो । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले विशेष साधारणसभाको उद्घाटन गर्दै साना तथा मझौला व्यवसायको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend