logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • विपत्तिको समयमा हवाई भाडा वृद्धिलाई नियन्त्रण गर्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

    विपत्तिको समयमा हवाई भाडा वृद्धिलाई नियन्त्रण गर्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

    721
    Shares
    विपत्तिको समयमा हवाई भाडा वृद्धिलाई नियन्त्रण गर्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

    काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले विपत्तिको समयमा हवाई भाडादर नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

    लगातारको वर्षापछि देशका विभिन्न राजमार्ग र सडक अवरुद्ध भएको बेला विमान सेवा कम्पनीहरूले हवाइ भाडा वृद्धि गरेकोलाई नियन्त्रण गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

    समितिका सभापति रामहरि खतिवडाले चाडबाँडको समयमा प्राकृतिक प्रकोपले सडक अवरुद्ध भएको र काठमाडौंलगायतका ठूला सहरबाट घर जानेहरूको चाप बढ्ने भएकाले हवाइ भाडा बढाउने गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन दिए ।

    त्यस्तै, समितिले सडक भत्किएर यातायात सेवा अवरुद्ध भएको अवस्थामा बढीभन्दा बढी हवाइ सेवा उपलब्ध गराउन पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

    State Administration Committee directive to government to control air fares

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend