logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कस्तो रहला आज दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

    कस्तो रहला आज दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

    3.1K
    Shares
    कस्तो रहला आज दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

    महाशाखाका अनुसार भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, आज राती कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी र गण्डकी प्रदेशका थोरै र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टामा देशका केही भूभागमा वर्षा हुने भएकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको सबैमा अनुरोध छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend