काठमाडौँ । बाढीपहिरोका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य महँगिएको छ ।
राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा परेको असरले गर्दा तरकारीको मूल्य सामान्य दिनमा भन्दा महँगो भएको छ ।
सोमबार अधिकांश तरकारीको मूल्य प्रतिकिलो १०० माथि छ । अघिल्लो दिनसम्म प्रतिकिलो १२२ रुपैयाँ हाराहारी रहेको प्याज सोमबार १३५ रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा गाजर, बन्दा, रातो आलु, मुला, च्याउ महँगिएको छ । साग तथा इस्कुस केही सस्तिएको छ ।
यस्तो छ कालीमाटीमा सोमबार तरकारी भाउ :