logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • एनपीएलको कमर्सियल राइट ५ करोड ९२ लाखमा ब्रान्ड डिजिटल लजिक प्रालिलाई बिक्री

    एनपीएलको कमर्सियल राइट ५ करोड ९२ लाखमा ब्रान्ड डिजिटल लजिक प्रालिलाई बिक्री

    1.2K
    Shares
    एनपीएलको कमर्सियल राइट ५ करोड ९२ लाखमा ब्रान्ड डिजिटल लजिक प्रालिलाई बिक्री

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको कमर्सियल राइट ५ करोड ९२ लाख रूपैयाँमा बिक्री भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बोलकबोल मार्फत ब्रान्ड डिजिटल लजिक प्रालिलाई उक्त राइट बिक्री गरेको हो ।

    अब कम्पनीले खेलको प्रचार प्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ । सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ ।

    क्यान प्रवक्ता छुम्मी लामाले एक संस्करणका लागि कमर्सियल राइट बिक्री भएको बताए । कमर्सियल राइटबापत ब्रान्ड डिजिटलले प्रतियोगिताका लागि प्रायोजकहरू खोज्छ ।

    क्यानले एनपीएलको पहिलो संस्करण आगामी मंसिरमा आयोजना गर्दैछ ।

    प्रतियोगितामा ८ फ्रेन्चाइज र ती टोलीका मार्की खेलाडी पनि तय भइसकेका छन् । यसअघि क्यानले फ्रेन्चाइजहरू बिक्री गरी मालिक तय गरेको थियो ।

    क्यानले एनपीएलमा खेलाडीहरुको अक्सन दशैंअघि गर्ने तयारी गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend