logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • मीनबहादुर गुरुङले गरे बाढी पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग

    मीनबहादुर गुरुङले गरे बाढी पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग

    5.4K
    Shares
    मीनबहादुर गुरुङले गरे बाढी पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग

    काठमाडौं । बाढी पीडितका लागि भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ सहयोगको घोषणा गरेका छन् । गुरुङले   प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत्  बाढी पीडितको उद्धार र राहतका लागि सो सहयोग प्रदान गर्न लागेको जनाएका छन् ।

    बिहिवारदेखि परेको अविरल वर्षाका कारण देशमा हजारौँ नागरिक घरवार बिहीन सयौँको ज्यान गएको भन्दै  उनले सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए ।

    भाटभटेनीका सीओओ पानु पौडेलले अध्यक्ष गुरुङले घोषणा गरेको रकम छिट्टै सरकारलाई हस्तान्तरण गरिने बताए ।

    मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व हुने धारणा राख्ने गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ, जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ र ८० लाख रुपैयाँबराबरको खाद्यान्न सहयोग गरेका थिए ।

    कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा सहयोग गरेका गुरुङले २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुई वटा भवन निर्माण गरिदिएका छन् । ११ करोड लागतमा इमर्जेन्सी भवन र १५ करोड लागतमा ईएचएस भवन गुरुङले तयार पारीदिएका छन् ।

    त्यस्तै गरीब जेहन्दारका छोराछोरी १४ जनालाई एमबीबीएसको अध्ययन सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो । उनीहरूले सो बापत् केवल स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend