logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • मीनबहादुर गुरुङले गरे विपद् प्रभावितको लागि १ करोड बढी रूपैयाँ सरकारलाई हस्तान्तरण

    मीनबहादुर गुरुङले गरे विपद् प्रभावितको लागि १ करोड बढी रूपैयाँ सरकारलाई हस्तान्तरण

    4.7K
    Shares
    मीनबहादुर गुरुङले गरे विपद् प्रभावितको लागि १ करोड बढी रूपैयाँ सरकारलाई हस्तान्तरण

    काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले विपद्‍बाट प्रभावितहरुका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग रकम सरकारलाई हस्तान्तरण गरेका छन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले उक्त चेक गृहमन्त्री रमेश लेखकलाई बुझाएका छन् ।

    मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व भएको गुरुङको भनाइ छ । अविरल वर्षाका कारण देशभर ठुलो क्षति भएको छ । १९३ जनाको मृत्यु भएको छ भने अझै ३५ जना बढी बेपत्ता छन् ।

    गुरुङले यसअघि पनि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माण गर्न ४१ करोड रूपैयाँ बराबरको सहयोग गरेका थिए ।

    अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि पनि उनले १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेका थिए ।

    त्यस्तै, गुरुङले जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ र ८० लाख रुपैयाँबराबरको खाद्यान्नसमेत सहयोग गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend