logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

    नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

    1.2K
    Shares
    नेपाल बार  एसोसिएसनका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

    काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।

    सर्वोच्चको न्यायाधीश सिफारिसमा लेनदेन भएको अभिव्यक्ति दिएका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा प्रतिवेदन पेश भएको हो ।

    उनीविरुद्ध सर्वोच्च अदालत प्रशासनकै प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो ।

    प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषद्ले केही दिनअघि सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको थियो ।

    न्याय परिषदले पनि बार अध्यक्षले अदालत, न्याय परिषद र प्रधानन्यायाधीशविरूद्ध अनर्गल र सर्वसाधारणलाई भ्रममा पार्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै खेद प्रकट गरेको थियो।

    न्यायपरिषदका सबै सदस्यले सामूहिक निर्णयका आधारमा नाम सिफारिस गरेको भन्दै न्यायपरिषदको सचिवालयले बार अध्यक्ष घिमिरेको अभिव्यक्तिले भ्रम फैलाएको आरोप लगाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend