logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • दशैँका लागि खुलेको बसको अग्रिम टिकट बुकिङ बन्द हुन लागेको हो ?

    दशैँका लागि खुलेको बसको अग्रिम टिकट बुकिङ बन्द हुन लागेको हो ?

    1K
    Shares
    दशैँका लागि खुलेको बसको अग्रिम टिकट बुकिङ बन्द हुन लागेको हो ?

    काठमाडौैँ । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका  वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको कारणले गर्दा अग्रिम टिकट बुकिङ बन्द गर्न लागेको बताए । व्यवसायीहरुले १२ गतेको विपद्ले बस सञ्चालन हुन नसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेका हुन् ।

    ‘बाटोको अवस्थाले गर्दा दशैका लागि खुलाएको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा छौँ ।’ सिटौलाले सुनौलो नेपालसँग भने ‘हाम्रो कुरा बन्द गर्ने नै हो । हिजो २ बजे गएका गाडी स्वयम्भू, कलंकी र नागढुंगामै छन्, बुकिङ गरेर के गर्ने ?’

    सडक विभागसँग आजै छलफल गरेर बुकिङ बन्द गर्ने तयारी भएको उनले बताए । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत १२ असोज देखि अग्रिम टिकट बुकिङ खुलाएका थिए ।

    तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएपछि व्यवसायीले बुकिङ बन्द गर्दै छन् । यसैविषयमा छलफल गर्न महासंघ र विभागबीच आज ३ बजे बैठक बस्दै छ ।

    धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेका छन् । १२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend