logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • बागलुङमा निगुरोको माग बढ्दो, एकै वर्षमा १० लाख बढीको बिक्री

    बागलुङमा निगुरोको माग बढ्दो, एकै वर्षमा १० लाख बढीको बिक्री

    238
    Shares
    बागलुङमा निगुरोको माग बढ्दो, एकै वर्षमा १० लाख बढीको बिक्री

    गलकोट (बागलुङ) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ ।

    लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले १० लाख ५० हजार रुपैयाँको निगुरो बिक्री गरे ।

    पुर्जाले भनिन्, “वन उपभोक्ता समिति, सङ्कलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एकजनाले एक ‘सिजन’मा एक लाख रुपैयाँभन्दा माथिको निगुरो बिक्री गर्छौं ।”

    पुर्जाले मात्रै यस वर्ष आठ लाख ५० हजार रुपैयाँ र माया पुनले दूई लाख ५० हजार रुपैयाँको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए । रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन् ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जङ्गलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङबजार ल्याउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएका छन् । बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा ८० रुपैयाँ र खुद्रा प्रतिमुठा १०० रुपैयाँमा बिक्री हुने गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend