logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको एमालेको निष्कर्ष

    प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको एमालेको निष्कर्ष

    441
    Shares
    प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको एमालेको निष्कर्ष

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको महासचिव शङ्कर पोखरेलले बताएका छन् ।

    “ सम्माननीय प्रधानमन्त्रीले अमेरिकामा रहँदा गर्नुभएका मित्रराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँगका अनौपचारिक र औपचारिक भेटले देशको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजिल्याउन मद्दत पुगेको छ”, उनले भने ।

    बैठकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमो ५० लाख रुपैयाँ दाखिला गर्ने निर्णय गरेको तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट कोषमा योगदान गर्न अनुरोध गर्ने निर्णय भएको जानकारी उनले दिए ।

    बैठकले राहत र उद्धारका काम युद्धस्तरमा गर्ने निर्णय गर्नका साथै राजधानी काठमाडौँ जोड्ने सडक मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताए । हालैको बाढीबाट बालीनालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend