logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • बाढी पहिरोको विपद्का बेला सेयर बजारमा उछाल, नेप्से १ सय १४ अंक बढ्यो

    बाढी पहिरोको विपद्का बेला सेयर बजारमा उछाल, नेप्से १ सय १४ अंक बढ्यो

    210
    Shares
    बाढी पहिरोको विपद्का बेला सेयर बजारमा उछाल, नेप्से १ सय १४ अंक बढ्यो

    काठमाडौं । निरन्तर घट्दै गएको सेयर बजारमा मंगलबार उत्साह देखिएको छ । यसअघि प्यानिक बनाएको सेयर बजारमा प्राकृतिक विपतमा पुनः उत्साह देखिन थालेको हो । मंगलबार सेयर बजार सूचक सूचक १ सय १४.७० विन्दुले बढेर २६ सय २३.५६ अंकमा आएको छ ।

    सूचकसँगै कारोबार रकम पनि बढेर ७ अर्ब ६१ करोड रुपैयाँ भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    सूचक र कारोबार रकम दुवै बढेकाले लगानीकर्तालाई आशावादी बनाएको छ । २७ कम्पनी सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेप्सेका सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा लगानीकर्ता झुम्मएका छन् । फाइनान्स समूह सूचक ९.७४ प्रतिशतले बढेको छ ।

    मंगलबार ३०७ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    २८ करोड ८२ लाख रुपैयाँभन्दा बढी कारोबारसहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रि–इन्स्योरेन्स र नेपाल फाइनान्स छन् ।
    करेक्सन चरण सकिएमा नेप्सेले अब नयाँ ढंगले गति समाउन सक्ने देखिन्छ ।

    यसअघि प्रोफिट बुक गरेकाहरु पनि अब विस्तारै खरिदक्रममा लाग्न सक्ने देखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend