logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो सम्पन्न

    पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो सम्पन्न

    147
    Shares
    पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो सम्पन्न

    काठमाडौँ । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो सम्पन्न भएको छ ।

    ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्स्पोमा साँस्कृतिक, व्यापारिक, स्थानिय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टलहरु रहेका थिए ।

    स्टलहरुको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृतिहरु प्रदर्शन गरिएको जानकारी क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले दिए

    कार्यक्रमले ललितपुरको पाटन दरबार क्षेत्रको प्रचार प्रसार हुनुका साथै यस क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनहरुको पुनरावृत भइ आर्थिक गतिविधि समेत बढ्ने विश्वास आयोजकको छ ।

    विश्व पर्यटन दिवसको अवसरमा आयोजित एक्सपोको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री माननिय दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।

    कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्य समेत प्रस्तुत गरिएको थियो

    रोटरी क्लब अफ काठमार्डौ हेरिटेज, रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल पाटन र रोटरी क्लब अफ भरतपुरको सहयोगमा आयोजित एक्स्पो असोज ११ गते देखि १४ गते सञ्चालन भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend