काठमाडौं । बागमती, कोशीसहितका केही ठाउँमा आजदेखि भारी वर्षा हुने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले एक सूचना नै जारी गर्दै सबैमा सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।
प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन भनेको छ ।
यस्तो छ सूचना :