logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • दीपेन्द्रसिंह ऐरी टी–२० विश्व अलराउन्डर वरीयताको दोस्रो स्थानमा

    दीपेन्द्रसिंह ऐरी टी–२० विश्व अलराउन्डर वरीयताको दोस्रो स्थानमा

    707
    Shares
    दीपेन्द्रसिंह ऐरी टी–२० विश्व अलराउन्डर वरीयताको दोस्रो स्थानमा

    काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० आई अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

    अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् ।

    तेस्रो स्थानमा अस्ट्रेलियाका मार्क्स स्टोइनिस, चौथोमा जिम्बावेका सिकन्दर रजा र पाँचौं स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा छन् ।

    त्यस्तै, टी–२० अलराउन्डरको विश्व वरियतामा नेपालका कुशल मल्ल ४०औं, रोहित पौडेल ५४औं, गुल्शन झा ५६औं र कुशल भुर्तेल ६०औं र करण केसी ७१औं स्थानमा छन् ।

    टी–२० बलरको वरियतामा दीपेन्द्र ७१औं स्थानमा छन् । सोमपाल कामी ९१ स्थानमा छन् ।

    त्यस्तै, ब्याटिङतर्फ दीपेन्द्र ४३औं, रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend