logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • अमेरिका जान खुल्यो डिभी, राती सवा ९ बजेदेखि आवेदन दिन पाइने

    अमेरिका जान खुल्यो डिभी, राती सवा ९ बजेदेखि आवेदन दिन पाइने

    434
    Shares
    अमेरिका जान खुल्यो डिभी, राती सवा ९ बजेदेखि आवेदन दिन पाइने

    काठमाडौं । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि अमेरिकाले डाइभर्सिटी भिसा (डिभी) २०२६ का लागि आवेदन खुलाएको छ । डाइभर्सिटी भिसा कार्यक्रम आज बुधबार (अक्टोबर २) नेपाली समयअनुसार राति ९ : ४५ बजेदेखि खुल्दैछ।

    डिभी कार्यक्रमका लागि प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन नेपालस्थित अमेरिकी दुतावासले भनेको छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुतावासले स्पष्टपारेको छ ।

    अक्टोबर २ राति सवा ९ बजेदेखि खुला भइ नोभेम्बर ५ राति १० :४५ बजेसम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सक्ने दुताबासले जनाएको छ ।

    आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्ने छन् । दूतावासले डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ ।

    डीभीको लागि फारम अनलाइन भर्नुपर्ने छ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ ।

    अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ ।

    डीभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन । डीभी आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सुरक्षित राख्न आग्रह गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend