logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दशैँ–तिहार बिदालाई फलदायी बनाउन ‘लर्निङ उत्सव’ अभियान

    दशैँ–तिहार बिदालाई फलदायी बनाउन ‘लर्निङ उत्सव’ अभियान

    567
    Shares
    दशैँ–तिहार बिदालाई फलदायी बनाउन ‘लर्निङ उत्सव’ अभियान

    काठमाडौं । कान्तिपुर इन्जिनियरिङ कलेजको केईसी इलेक्ट्रोनिक्स क्लबको नेतृत्वमा कम्प्युटर क्लब र देशभरका दर्जनभन्दा बढी क्लबहरूको सहकार्यमा ‘लर्निङ उत्सव’ नामक विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

    यो कार्यक्रम घटस्थापनादेखि भाइटीकासम्म, अर्थात् ३२ दिनसम्म सञ्चालन हुनेछ । जहाँ सहभागीहरूले ३० दिनसम्म लगातार आफ्नो सीप अभिवृद्धि गर्न काम गर्नुपर्नेछ र सिकेको कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने क्लबले जनाएको छ ।

    कार्यक्रमले विद्यार्थीहरूलाई बिदाको समयमा केही समय छुट्याएर नयाँ र उपयोगी सीपहरू सिक्न प्रोत्साहित गर्नेछ । पाँच प्रमुख विधामा आधारित यो उत्सवमा इलेक्ट्रोनिक्स, क्लाउड कम्प्युटिङ, एआई र डाटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट, र साइबर सेक्युरिटी समावेश गरिएको छ । जसले उनीहरूको भविष्यलाई सशक्त बनाउन मद्दत पुर्याउने केईसी इलेक्ट्रोनिक्स क्लबले जनाएको छ ।

    क्लबका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको लामो बिदालाई थप फलदायी बनाउनु र उनीहरूलाई नयाँ सीप सिक्न प्रेरित गर्नु हो । यस पहलले विद्यार्थीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा सघाउ पुर्याउने केईसी इलेक्ट्रोनिक्स क्लबले जनाएको छ । साथै केही समय छुट्याएर नयाँ कुरा सिक्न सकिने वातावरण बनाउनेछ ।

    निरन्तर लगनशीलताका साथ ३० दिनको चुनौती पूरा गर्ने सहभागीहरूलाई प्रमाणपत्र (Certificate) प्रदान गरिनेछ । साथै उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक उपहार र पुरस्कार पनि दिइनेछ ।

    क्लबका अनुसार कार्यक्रम घटस्थापनादेखि सुरु भए तापनि इच्छुक सहभागीहरूले फारम १८ गतेसम्म भर्न सक्नेछन्। १८ गतेपछि सहभागी हुनेले भने ३० दिनको अवधिमा नियमित रूपमा सिकाइमा समय छुट्याउनु पर्नेछ ।

    सहभागी हुन इच्छुकहरूले hlinktr.ee/learningutsav मा गएर दर्ता फारम भर्न सक्नेछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend