logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडालाई

    त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडालाई

    1.3K
    Shares
    त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडालाई

    काठमाडौँ । त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेको छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा ओमानलाई पाँच विकेटले पराजित गर्दै क्यानडाले प्रतियोगिताको उपाधि जितेको हो ।

    तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

    क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो । त्यसैगरी ओमानविरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो ।

    त्यस्तै सिरिजमा नेपाल भने दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो ।

    आजको खेलमा ओमानले दिएको ८३ रनको लक्ष्यलाई क्यानडाले १४ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend