logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा शक्ति गौचन

    लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा शक्ति गौचन

    504
    Shares
    लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा शक्ति गौचन

    काठमाडौं । लुम्बिनी लायन्सले राष्ट्रिय क्रिकेट टिमका पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।

    लुम्बिनी लायन्सका मालिक ईश्वर जिसी र शक्ति गौचनले आज सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौता एक वर्षको लागि गरिएको हो । भैरवहाका शक्तिलाई शुरूवातदेखि नै लुम्बिनीले आफ्नो टिममा अनुवन्धित गर्न अनुरोध गरेको टिमले जनाएको छ ।

    लुम्बिनीसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको र नेपाल प्रिमियर लिग जस्तो मेगा इभेन्ट गरेकोमा शक्तिले नेपाल क्रिकेट संघ क्यानलाई धन्यवाद दिए । अब भोलि हुने अक्सन चुनौतीपुर्ण रहेको शक्तिले बताए ।

    कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको सफलतामा शक्ति गौचनको योगदान महत्वपुर्ण रहेको बताए ।

    लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन् । लुम्बिनीको स्वामित्व फर्चुन हेल्थ केयर प्रालिसँग रहेको छ । नेपाल क्रिकेट संघ क्यानकद्वारा आयोजित नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend