logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • बालगृहका अनाथ बालबालिकालाई डा सुनिल शर्माले निशुल्क उपचार गरिदिने

    बालगृहका अनाथ बालबालिकालाई डा सुनिल शर्माले निशुल्क उपचार गरिदिने

    651
    Shares
    बालगृहका अनाथ बालबालिकालाई डा सुनिल शर्माले निशुल्क उपचार गरिदिने

    बिराटनगर – मोरङ निर्वाचन क्षेत्र न: ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले मोरङको  उर्लाबारी नगरपालिका ७ मा रहेको नमुना बालगृहका सम्पूर्ण बालबालिकालाई निशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य विमा गरिदिने भएका छन्।

    शनिवार बालगृहमा पुगेर समाजसेवी मिना वरालले संचालन गरेको बालगृहमा रहेका सम्पूर्ण अनाथ बालबालिकालाई एक बर्षको लागी निशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य विमा गरिदिने घोषणा गरेका हुन्।  नमुना बालगृहमा सुदुरपश्चिम, कर्णालीदेखि देशका विभिन्न ठाउँहरुवाट अनाथ वालवालिकाहरुलाई मोरङको उर्लावारीमा ल्याएर  बरालले  गास,बास,कपास, शिक्षा लगायत सवै कुराको व्यवस्था सहित सञ्चालन गरीरहेकी छन् ।

    डा सुनिल शर्माले उक्त अनाथ वालगृहमा रहेका सवै वालवालिकाहरुको नोवेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज, सिनामंगल काठमाडौंमा १ वर्षका लगि निशु्ल्क स्वाथ्य उपचारको व्यवस्था मिलाउने प्रतिवद्धता गरेका हुन्।

    अनाथ वालगृहमा डा शर्मा सहित नेपाली कांग्रेस मोरङका सभापति एवं पूर्वयुवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्वु, कोशी प्रदेशसभा सदस्य शोभा पालुङ्गा पुगेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend