logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • सेयर बजार ५६ अंक बढ्यो, ६ अर्ब १३ करोड कारोबार

    सेयर बजार ५६ अंक बढ्यो, ६ अर्ब १३ करोड कारोबार

    371
    Shares
    सेयर बजार ५६ अंक बढ्यो, ६ अर्ब १३ करोड कारोबार

    काठमाडौं । साताको पहिलो दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सेयर बजार ५६ अंक बढेर दुई हजार छ सय ५३ दशमलव ५८ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अंक उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको सेयर मूल्य नै बढेको छ । कूल एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता सेयर छ अर्ब १३ करोड ८२ लाख रुपैयाँमा कारोबार भएको छ ।

    नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी नौ दशमलव ७६, इस्टर्न हाइड्रोपावर नौ दशमलव ६८,गुडबिल फाइनान्स नौ दशमलव २७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले आठ दशमलव १४ प्रशितले कमाएका छन् ।
    यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना नौ दशमलव ४३, एनआइसी एशिया सेलेक्ट फण्ड छ दशमलव ७०, स्वरोजगार लघुवित्त पाँच दशमलव ४९ र उपकार लघुवित्तका लगानीकर्ताले चार दशमलव ४१ प्रतिश गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend