logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री उद्धार कोषमा बैंकसहित आइएमई ग्रुपको सबैभन्दा बढी पाँच करोड सहयोग

    प्रधानमन्त्री उद्धार कोषमा बैंकसहित आइएमई ग्रुपको सबैभन्दा बढी पाँच करोड सहयोग

    469
    Shares
    प्रधानमन्त्री उद्धार कोषमा बैंकसहित आइएमई ग्रुपको सबैभन्दा बढी पाँच करोड सहयोग

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले ५ करोड रुपैयाँ सहयोग गरेका छन् ।

    ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् ।

    कोषमा ग्लोबल आइएमई बैंकको ४ करोड ५० लाख, आइएमई लिमिटेडको २० लाख, आइजीआई प्रुडेन्सिएल इन्सोरेन्स लिमिटेडको १५ लाख र आइएमई लाइफ इन्स्योरेन्स् लिमिटेडको १५ लाख गरी कुल ५ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ ।

    बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताए ।

    चेक हस्तान्तरण कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी, आइजीआई प्रुडेन्सिएल इन्सोरेन्सका सिइओ युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यलगायतको उपस्थिति थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend