logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • महालक्ष्मी विकास बैंक बन्यो भिसा ३डी सुविधा दिने पहिलो बैंक

    महालक्ष्मी विकास बैंक बन्यो भिसा ३डी सुविधा दिने पहिलो बैंक

    294
    Shares
    महालक्ष्मी विकास बैंक बन्यो भिसा ३डी सुविधा दिने पहिलो बैंक

    काठमाडौँ । महालक्ष्मी विकास बैंकले भिसा ३डी सुरक्षित कार्ड सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।

    ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन नयाँ सुविधा ल्याइएको बैंकको भनाइ छ ।

    यस सुविधा थप गरे सँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुने जनाइएको छ । जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुने बैंकले जनाएको छ ।

    बैंकका अनुसार ३डी सुविधा थप गर्दा हुने फाइदा :

    – यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरु अनलाइन मार्फत हुने ठगीबाट बच्न सक्नेछ्न ।

    – ग्राहकहरुको वित्तीय जानकारी सुरक्षित हुने साथै अनाधिकृत पँहुचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न सक्नेछन् ।

    – रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुनेछ ।

    – विश्वभर रहेका हजारौँ इ­कमर्श वेभसाइटहरुले भिसा ३डी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरु सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरुले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend