logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • काठमाडौँमा पानी ल्याउन खानेपानीमन्त्री यादव मेलम्चीमा, पानीका लागि बार्ता हुँदै

    काठमाडौँमा पानी ल्याउन खानेपानीमन्त्री यादव मेलम्चीमा, पानीका लागि बार्ता हुँदै

    231
    Shares
    काठमाडौँमा पानी ल्याउन खानेपानीमन्त्री यादव मेलम्चीमा, पानीका लागि बार्ता हुँदै

    काठमाडौँ, २१ असोज : खोपानीमन्त्री प्रदीप यादव काठमाडौँका नागरिकका लागि खानेपानी ल्याउन मेलम्ची पुग्नु भएको छ ।
    दसैं अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउने लक्ष अनुसार मन्त्री यादव सहितको टोली आज मेलम्ची पुगेको हो ।

    अहिले काठमाडौँबाट गएको मन्त्री यादव सहितको टोली तथा मेलम्चीका संघर्ष समितिबीच पानी काठमाडौँमा ल्याउने विषयमा अहिले बार्ता भइरहेको छ ।

    उक्त बार्ताटोलीमा संघर्ष समितिका तर्फबाट पासाङलामा, नमराज गुरागाई, छिरिङ ग्याल्बु लामा, हरिप्रशाद भण्डारी शिव लामीछाने, कृष्ण जोती रहनु भएको छ भने राजनितीकदलका तर्फबाट राजकुमार भण्डारी (सभापती, नेपाली कांग्रेस), बेनबहादुर पण्डित (अध्यक्ष, नेकपा एमाले) , विश्वराम गुरागाई (प्रतिनिधि नेकपा माओवादी), दिनेश थापा (सभापती रास्वपा) तथा सुरेश तामाङ (सभापती राप्रपा) रहनु भएको छ ।

    यसैगरी खानेपानीमन्त्री प्रदीप यादव, हेलम्बु गाउँपालिकाका अध्यक्ष छिरिङ ग्याल्बु लामा, खानेपानी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछाने सहभागि रहनु भएको छ ।
    मेलम्चीका संघर्ष समितिले राखेका मागका विषयमा अहिले छलफल भइरहेको मेलम्ची विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो,“काठमाडौँमा पानी ल्याउने विषयमा अहिले संघर्ष समितिका पदाधिकारीसँग छलफल भइरहेको छ । उहाँहरुसँगको सहकार्यमा काठमाडौँमा पानी ल्याइने योजना रहेको छ ।”

    मेलम्चीका संघर्ष समितिका तर्फबाट हेलम्बुबाट पानी प्रस्थान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा स्थानीय सरकारले सो पानी काठमाडौँवासीलाई बिक्रि गरेवापतको बिक्रि मुल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनु पर्ने, बाढीपहिरो पीडितका समस्या समाधान गर्नुपर्ने, बाढीले बगाएका पुल तथा भत्काएका सडक निर्माण गर्नु पर्ने लगायतका मागहरु राखिएको बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend