logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • मध्यपूर्वको तनावका कारण तेलको मूल्य ८० डलरभन्दा माथि पुग्यो

    मध्यपूर्वको तनावका कारण तेलको मूल्य ८० डलरभन्दा माथि पुग्यो

    273
    Shares
    मध्यपूर्वको तनावका कारण तेलको मूल्य ८० डलरभन्दा माथि पुग्यो

    लन्डन, एएफपी । इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रथम वार्षिकीमा मध्यपूर्वमा लडाइँ फैलिन डरले सोमबार लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ ।

    ग्रिनविच मिनटाइम (जिएमटी) १५२५ (पेरिसमा साँझ ५ः२५) तिर ब्रेन्ट नर्थ सी तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो ।

    यसको अमेरिकी समकक्षी नोभेमबर डेलिभरीका लागि वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) दुई दशमलव ८५ प्रतिशतले बढेर ७६ दशमलव ५१ डलर पुगेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक हप्ता प्रतिब्यारेल ७१ डलर थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend