काठमाडौं । गृहमन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ ।
जसअनुसार प्रदेश समन्वय विभागमा कार्यरत रहेका एसएसपी सन्जीव शर्मा दासलाई भारतको दिल्लीस्थित नेपाली दूतावासमा पठाइएको छ ।
यसअघि दिल्ली दूतावासमा रहेका उमाप्रसाद चतुर्वेदीको भने काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।
एसएसपी दीपक बस्नेतलाई प्रदेश प्रहरी कार्यालय नेपालगञ्जमा पठाइएको छ । यसअघि उनी प्रहरी हेडक्वाटरको कार्य विभागमा थिए ।