logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • रेडक्रसद्वारा विपद् प्रभावितलाई राहत सामग्री वितरण, एक हजार बढी स्वयंसेवक परिचालन

    रेडक्रसद्वारा विपद् प्रभावितलाई राहत सामग्री वितरण, एक हजार बढी स्वयंसेवक परिचालन

    126
    Shares
    रेडक्रसद्वारा विपद् प्रभावितलाई राहत सामग्री वितरण, एक हजार बढी स्वयंसेवक परिचालन

    काठमाडौं । नेपाल रेडक्रसले मनसुनजन्य विपद्बाट प्रभावित १ हजार २ सय ७३ परिवारलाई राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।

    असोज ११, १२ र १३ गते आएको अविरल वर्षापछि आएको बाढी, पहिरोबाट प्रभावित १ हजार २ सय ७३ परिवारलाई रेडक्रसले राहत सामग्री उपलब्ध गराएको जनाएको हो ।

    पीडितलाई स्थानीय सरकारसँग मिलेर राहत र उद्धारको कामलाई अघि बढाएको जनाएको छ । जसमध्ये ४ सय ८२ परिवारलाई गैरखाद्य सामग्रीहरुको सेट उपलब्ध गराइएको रेडक्रसका विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले बताए । उनले सरकारले तोकेको विपद् संकटग्रस्त क्षेत्रमा स्थानीय सरकारसँग मिलेर पीडितलाई राहत र उद्धार गर्ने कामलाई अघि बढाइएको बताए ।

    उनले सो क्षेत्रमा पीडितहरुको यकीन डाटा संकलन गर्न, उनीहरुलाई राहत र उद्धार गर्न कम्तीमा १ हजार स्वयंसेवक परिचालन गरिएको पनि बताए । टेलिफोन, विद्युत, सडक अवरुद्ध हुँदा पीडितको यकीन विवरण तयार गर्ने काममा पनि केही ढिलाई हुन गएको पनि रेडक्रशको स्पष्टिकरण छ ।

    विपद् व्यवस्थापन विभागका निर्देशक श्रेष्ठले भने, ‘अहिले प्रभावित भएका जिल्लाहरुमा रिलिफ, रेसपोन्स र मलाई लाग्छ–मोर दयान १ थाउजेन्ट भोलेन्टियरस मोविलाईज हुनुहुन्छ । इन्फरमेशन ल्याउन, सर्टेन रेसक्यू गर्न र रिलिफ सर्पोटका लागि कामहरु भइरहेका छन् । त्यसमा हामीसँग इन्कन्ट्री पार्टनरहरु पनि सहयोगका लागि हुनुहुन्छ । र स्थानीय सरकारसँग मिलेर काम गरिराखेका छौं ।’

    विभागका अनुसार यस वर्षको मनसुनबाट ६३ जिल्ला प्रभावित रहेका छन् । ती मध्ये पीडित ९४८ घर परिवारलाई १५ हजारका दरले आर्थिक सहायता प्रदान गरिएको पनि विभागका निर्देशक श्रेष्ठले बताए । यस वर्षको मनसुन शुरु भए यता ३८१ जनाको मृत्यु भएको, ३७५ जना घाइते भएका र ७३ जना हराइरहेको रेडक्रसको तथ्यांकमा उल्लेख गरिएको छ ।

    रेडक्रसले यस वर्षको मनसुन यता ७८१ परिवारलाई गैरखाद्य सामग्री वितरण, १ हजार ४६ जना स्वयंसेवक परिचालन, २ हजार ८० वटा त्रिपाल वितरण, १ हजार ८५३ वटा कम्बल वितरण, म्याट्रेस ६ सय ६६,४४८ रोल डोरी वितरण गरेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend