logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • एक बोतल पानी सय रुपियाँमा बेच्ने रेष्टुरेन्टलाई २ लाख जरिवाना

    एक बोतल पानी सय रुपियाँमा बेच्ने रेष्टुरेन्टलाई २ लाख जरिवाना

    175
    Shares
    एक बोतल पानी सय रुपियाँमा बेच्ने रेष्टुरेन्टलाई २ लाख जरिवाना

    कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक सय रुपैयाँमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख जरिवाना गरेको छ ।

    पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

    सोही स्थानका एक ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटर एक सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।

    स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ९ख० बमोजिम जरिवाना गरिएको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend