logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • नवरात्रमा शक्तिपीठमा भक्तजनहरुको भीड

    नवरात्रमा शक्तिपीठमा भक्तजनहरुको भीड

    336
    Shares
    नवरात्रमा शक्तिपीठमा भक्तजनहरुको भीड

    काठमाडौं । आज आश्विन शुक्ल षष्ठी । देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदैछ । दशैँघर वा आफ्नो पूजा कोठामा देवी कात्यायनीको विधिपूर्वक पूजा आरधना गरी मनाइन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

    नवरात्रमा देवीहरुको पूजा गर्न काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शिक्तपीठहरुमा भक्तजनहरुको भीड रहेको छ । आज पनि काठमाडौंका भद्रकाली,मैतीदेवी लगायत विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भीड देख्न सकिन्छ ।

    दुर्गा देवीको पूजाआराधना गरी देशभर दशैँको स्वागत गरिँदैछ । शक्तिपीठहरुमा भक्तजनहरुको उल्लेख्य उपस्थिसत रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend