एजेन्सी । लेबनान युद्धको संघारमा रहेको भन्दै संयुक्त राष्ट्र प्रमुखले अझै रोक्नको लागि लामो समय रहेको बताएका छन् । अझै पनि रोक्नको लागि समय रहेकाले विश्वले आह्वान गर्नुपर्नेमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले आग्रह गरे ।
न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै गुटेर्रेसले मध्यपूर्व धेरै पक्षहरूले खेल खेल्ने ठाउँका रुपमा परिणत भएको बताए ।
संयुक्त राष्ट्र प्रमुखले गाजा र लेबनान दुवैमा तत्काल युद्धविरामको लागि आह्वान गरे । उनले बन्धकहरूको तत्काल र बिना शर्त रिहाई गर्न पनि आग्रह गरे ।