logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण

    साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण

    371
    Shares
    साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १० लाख रुपैयाँ हस्तान्तरण गरे ।

    कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कर्पोरेसनले जनाएको छ ।

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिएको कर्पोरेसनले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend