logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • गोरखाको च्याङ्लीमा एक युवतीको हत्या

    गोरखाको च्याङ्लीमा एक युवतीको हत्या

    511
    Shares
    गोरखाको च्याङ्लीमा एक युवतीको हत्या

    गोरखा । गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए ।

    धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । कुमाल सुतिरहेको अवस्थामा घरभित्र आक्रमण गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी निरीक्षक कार्कीले बताए ।

    मृतक कुमालको दाहिने गर्धन, बाँयातर्फको कानको भागमुनि र टाउकोमा धारिलो हतियार प्रहार भएको छ । हत्या कसले गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    शव परीक्षणपछि अन्त्येष्टिका लागि आजै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend