logo

२०८१ असोज २५ शुक्रबार

logo
  • शुक्रबार, २५ असोज २०८१
  • स्विडिस व्यवसायी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेडले किन स्थापना गरे नोबेल पुरस्कार ?

    स्विडिस व्यवसायी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेडले किन स्थापना गरे नोबेल पुरस्कार ?

    77
    Shares
    स्विडिस व्यवसायी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेडले किन स्थापना गरे नोबेल पुरस्कार ?

    बीबीसी । यतिखेर विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कार घोषणा हुने क्रम चलिरहेको छ । यसै साता अधिकांश विधाका विजेता घोषणा भइसक्ने छन् ।

    विशेष गरी नोबेल शान्ति पुरस्कार देशहरूबीच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र द्वन्द्व निवारण गर्ने उद्देश्यले शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने व्यक्तिलाई प्रदान गरिँदै आएको छ ।

    कुनकुन विधामा दिइन्छ नोबेल पुरस्कार ?

    प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी छ विधामा नोबेल पुरस्कार प्रदान गरिदैँ आएको छ । स्वीडिस व्यवसायी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू स्थापना गरेका हुन् । उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यले कोष स्थापना गरी त्यसमा राखेका थिए ।

    नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो । सन् १९६८ मा स्वीडनको केन्द्रीय बैंकले अर्थशास्त्रका लागि छुट्टै पुरस्कारको स्थापना गरेको थियो । सन् १९०१ र सन् २०२२ बीचमा नोबेल पुरस्कार र अल्फ्रेड नोबेलको सम्झनामा स्वीडनको केन्द्रीय बैंकले दिने पुरस्कार गरेर ६ सय १५ पटक कुल ९ सय ८९ व्यक्ति र संस्थाहरूलाई प्रदान गरिएको छ । सन् २०२२ सम्म ६३ पटक नोबेल पुरस्कार महिलाहरूले पाएका छन् । फ्रान्सकी मरी क्युरी दुई पटक यो पुरस्कार पाउने एकमात्र महिला वैज्ञानिक हुन् ।

    उनले सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रका लागि यस पुरस्कार जितेकी थिइन् । त्यसको अर्थ सन् २०२२ सम्म नोबेल पुरस्कार पाउने महिलाको कुल संख्या ६२ थियो ।

    यसरी छानिन्छ विजेता

    शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन दर्ता गर्छन् ।

    नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन । कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन ।

    पुरस्कार विजेतालाई लरेट भनिन्छ । उक्त शब्दले प्राचीन ग्रीसमा कुनै प्रतियोगितका विजेताहरूलाई दिइने प्रतिष्ठित पुष्पहारको संकेत गर्छ । एउटा पुरस्कार बढीमा तीन जनाले पाउन सक्ने व्यवस्था छ । यसबीचमा केही वर्ष नोबेल पुरस्कार प्रदान गरिएन । दुई विश्वयुद्धताका पुरस्कार घोषणा गरिएको थियो ।

    नोबेल फाउन्डेसनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने त्यो घोषणा हुँदैन र त्यसको पुरस्कार रकम अर्को वर्षका लागि राखिन्छ।

    कहाँ हुन्छ निर्णय ?

    भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडेनको स्टकहोममा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ ।

    विजेताहरूले के पाउँछन् ?

    प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले एउटा नोबेल डिप्लोमा, प्रत्येकमा मौलिक कला हुन्छ । एउटा नोबेल पदक, जसका बेग्लाबेग्लै ढाँचा हुन्छन् ।

    नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिस क्रोना (९ लाख ९० हजार अमेरिकी डलर) रहेको छ । यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ । उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ ।

    अल्फ्रेड नोबेलको स्मृति दिवस पारेर नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ । भूतपूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २००९ मा ‘अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले’ नोबेल शान्ति पुरस्कार पाएका थिए । तर, उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो । किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनु केही दिनअघि मात्र ओबामा अमेरिकाका राष्ट्रपति बनेका थिए ।

    अन्य उल्लेख्य विजेताहरूमध्येमा अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर (सन् २००२), युरोपेली संघ (सन् २०१२), संयुक्त राष्ट्रसंघ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्।
    नोबेल पुरस्कार पाएका दुई अग्रणी वैज्ञानिकमध्ये अल्बर्ट आइन्स्टाइन (भौतिकशास्त्रतर्फ सन् १९२१ र मरी क्युरी (सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रतर्फ छन् ।

    बालबालिकाको शिक्षासम्बन्धी अभियान चलाएकी मलाला युसुफजाई (सन् २०१४ मा साझेदारी) यो पुरस्कार पाउँदा १७ वर्षकी मात्र थिइन् । उनी अहिलेसम्मकै सबैभन्दा कम उमेरकी विजेता हुन् । जोन बी गुडइनफ सबैभन्दा बढी उमेरका विजेता हुन्। सन् २०१९ मा ९७ वर्षको उमेरमा उनले रसायनशास्त्रमा नोबेल पुरस्कार पाएका थिए।

    फ्रेन्च लेखक तथा दार्शनिक जाँन–पल सार्त्रले सन् १९६४ मा र भियतनामी राजनीतिज्ञ ले डूक टोले सन् १९७३ मा नोबेल पुरस्कार लिन अस्वीकार गरेका थिए । अन्य चार जनालाई उनीहरूको देशले नोबेल पुरस्कार अस्वीकार गर्न बाध्य पारेको थियो ।

    पुरस्कार पाएपछि केही विजेताले के गरे ?

    मरी र पिअर क्युरीले सन् १९०३ मा भौतिकशास्त्रतर्फ पाएको पुरस्कार रकम थप वैज्ञानिक अनुसन्धानमा प्रयोग गरेका थिए । सन् २००६ मा भौतिकशास्त्रतर्फको पुरस्कार पाएका जोन माथरले उक्त रकम आफ्नो फाउन्डेसनलाई दान दिए ।

    सन् १९९३ मा ब्रिटिश वैज्ञानिक रिचर्ड रोबर्ट्सले चिकित्साशास्त्रमा पाएको रकम क्रोके लनका लागि खर्च गरे भने उनीसँगै पुरस्कार पाएका फिलिप सार्पले १०० वर्ष पुरानो घर किनेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend