विश्वमा सबैभन्दा धेरै पिउने पेय पदार्थ हो चिया। दिनभरिको थकान मेटाउन होस् वा तनावको स्थितिलाई कम गर्नुहोस् चिया धेरै उपयोगी मानिन्छ। चिया यस्तो उपयोगी हुँदा हुदैपनि कतिपय मानिसहरू यसको परहेजमा बस्ने गर्दछन्।
जानिराखौँ चियाका यी ७ आश्चर्यजनक फाइदाहरु:
१. चिनी बिनाको कालो चिया: चिनी बिनाको कालो चिया स्वास्थ्यको धेरै फाइदाजनक छ, चिया पत्तिमा पाइने एन्टी अक्सीडन्ट र फाइटोकेमिकल्सले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै यसमा अदुवा मिलाएर पिउँदा चिसोबाट पनि बच्न सकिन्छ। त्यस्तै यस्तो चियाले पाचन शक्तिलाई वृद्धि गरी मुटु रोग समेतलाई फाइदा पुर्याउदछ।
२ मसला चिया: मसला चिया विशेषगरि महिलाहरूको लागि निकै फाइदाजनक मानिन्छ। मसलामा पाइने अदुवा र दालचिनीको मिश्रणले हर्मोन्सलाई सन्तुलनमा राख्न मद्दत गर्दछ। त्यस्तै, यसले महिनावारिमा हुने दुखाइलाई पनि कम गर्दछ।
३ ग्रिन टि: नेपाल तथा विश्वभर अहिले ग्रिन टी पिउनेको सङ्ख्या बढ्दो रहेको छ। यसले तनाव मात्रै कम गर्दैन यसमा पाइने विशेष गुणहरूले शरीरको पाचन शक्तिलाई बढाई शरीरको तौल नियन्त्रणमा राख्न मद्दत गर्दछ। यसै गरी, ग्रिन टिले क्यान्सर जस्तो प्राणघातक रोगसँग लड्न समेत मद्दत गर्दछ भने यसले शरीरलाई जवान राख्न मद्दत गर्दछ।
४. स्तन क्यान्सरका लागि उपयोगी: एक अध्ययनको अनुसार दैनिक चिया पिउने महिलाहरू स्तन क्यान्सर र गर्भमा हुने क्यान्सरको जोखिमबाट बच्न सक्छन्। त्यसै गरी, चियाले कार्यक्षमतालाई वृद्धि गर्दछ।
५. लेमन टि: लेमन टी स्वास्थ्यको लागि धेरै फ़ाइदजनक छ। कागतीमा भएका विशेष भिटामिन तथा गुणहरूले शरीरमा भएका निकोटिन तथा अन्य हानिकारक तत्त्वहरूलाई नष्ट गर्दछ भने यसले शरीरलाई चुस्त र तदुरुस्त राख्न मद्दत गर्दछ।
६. कफी भन्दा धेरै फाइदाजनक चिया: चिया, कफीभन्दा धेरै लाभकारी रहेको एक अध्ययनले देखाएको छ। चियालाई प्राय: सेवन गर्दा छानेर सेवन गरिन्छ भने कफीलाई नछानी त्यतिकै सेवन गरिन्छ। नछानी चिया तथा कफी पिउँदा त्यसमा रहेको क्याफिन शरीरमा प्रत्यक्ष रूप प्रवेश गर्छ, जसले शरीरलाई नकारात्मक असर पुर्याउदछ।
७. आलस्यपन बाट मुक्ति: सबैलाई थाहा भएको कुरा हो चियाले आलस्यपन बाट मुक्ति दिने गर्दछ, साथै यसले मानिसको कार्यक्षमतालाई पनि बढाउँछ।