logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • इजरायली आक्रमणले लेबनानी मस्जिद ‘पूर्ण रूपमा’ ध्वस्त : मिडिया

    इजरायली आक्रमणले लेबनानी मस्जिद ‘पूर्ण रूपमा’ ध्वस्त : मिडिया

    735
    Shares
    इजरायली आक्रमणले लेबनानी मस्जिद ‘पूर्ण रूपमा’ ध्वस्त : मिडिया

    बेरुत/लेबनान, एएफपी । इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ । पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ ।

    स्थानीय समय अनुसार आइतबार “बिहान ३ : ४५ बजे इजरायली लडाकुँ विमानले कफर टिबनिट गाउँको केन्द्रमा रहेको उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरी पूर्ण रूपमा नष्ट गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

    कफर टिबनिटका मेयर फुआद यासिनले द्धिदेशिय सीमाबाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसहरूले मस्जिदको विनाससँगै एकताको केन्द्र गुमाएको बताएका छन् । उनका अनुसार एक सय वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो जहाँ मानिसहरू विशेष अवसरहरूमा भेला भई पुजापाठ गर्ने गर्थे।

    गाजा युद्धलाई लिएर इजरायल र हिज्बोल्लाहबिच सीमापार आक्रमणकोे एक वर्षको समय पूर्ण द्वन्द्वमा परिणत भयो ।

    लेबनानका अधिकारीहरूले इजरायलको निरन्तरको आक्रमणले लेबनानमा एक हजार २६० भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै दश लाखभन्दा बढी मानिस विस्थापित भएको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend