logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • गौशाला धर्मशाला खाली गराउने काम तत्काल रोक्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

    गौशाला धर्मशाला खाली गराउने काम तत्काल रोक्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

    2.7K
    Shares
    गौशाला धर्मशाला खाली गराउने काम तत्काल रोक्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।

    पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै तत्कालका लागि सो काम रोक्न भनेका छन् ।

    कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिइएको छ ।

    विवाद बढ्दै गएपछि मन्त्रीले धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन्।

    हेर्नुहोस् पत्र :

    सोही विषयमा छलफल गर्न मन्त्रालयले कात्तिक ४ गतेका लागि बैठक समेत बोलाएको छ ।

    हिजो काठमाडौैँ महानगर पालिकाको टोली धर्मशाला खाली गराउन पुगेको थियो । त्यहाँ पुगेको टोलीले धर्मशाला खाली गराउन नसकेपछि त्यसै फर्किएको थियो ।

    धर्मशाला खाली गराउन महानगरको टोली दैनिक जसो गौशाला पुग्छ र नसेपछि त्यसै फर्किदै आएको अवस्था छ ।

    महानगरले जिल्ला प्रशासनसँग सुरक्षालाई मध्यनजर गर्दै सहयोग मागेपनि कार्यालयले वेवास्ता गर्दै आएको महानगरले जनाएको छ ।

    यो पनि : 

    पशुपतिको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता

    कामनपाले गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड, मारवाडी समुदायको प्रतिवाद

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend