काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको आगामी उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै आयोगको यही असोज ३० गते बसेको बैठकले यस्ता निर्देशन दिने निर्णय गरेको हो ।
आयोगले आगामी मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको हो ।
निर्वाचन आयोगको असोज ३० मा बसेको बैठकले उपनिर्वाचनमा रिक्त रहेका पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिने निर्णय गरेको हो ।