logo

२०८१ मंसिर २ आइतबार

logo
  • आइतबार, २ मंसिर २०८१
  • बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध

    बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध

    287
    Shares
    बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध

    तनहुँ । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ ।

    बुद्धसिंह मार्गका दजैनौँ ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरो पन्छाइएको थियो । तर नाल्दीघाटको पहिरो अझैसम्म हटाइएको छैन । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत स्थानमा सडक अवरोध भएको थियो । नाल्दीको पहिरा हटाउन पटकपटक माग गरे पनि सुनुवाइ नभएको बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त थापाको गुनासो छ ।

    नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन् । उक्त सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराइए पनि प्रगति नभएको थापा बताउँछन् ।

    गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट सुँढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।

    दमौलीबाट सुडेसम्म करिब दश किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो ।

    मूल्य अभिवृद्धि करसहित ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० रुपैयाँमा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । उनका अनुसार उक्त खण्डको कालोपत्र २०८२ जेठ ३० गतेसम्ममा सम्पन्न गर्नुपर्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend