logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    1.4K
    Shares
    रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।

    सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ ।

    सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

    सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै सूर्य थापा नेत्त्रृत्वको संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend