काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीे (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) नै पक्राउ पर्ने भएका छन् । सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको टोली रास्वपा कार्यालय पुगेको हो ।
कास्की जिल्ला अदालतले उनीविरुद्ध सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी गरेसँगै उनी पक्राउ पर्ने भएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रविलाई पक्राउ गर्न खटिएको छ । रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न पुगेको हो ।
रवि अहिले पार्टी कार्यालय वनस्थलीमै छन् ।